दुई लाख ८० हजार घुससहित उपसचिव अख्तियारकाे फन्दामा

कपिलवस्तु–  शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली  दुई लाख ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट  दुई लाख ८० हजार घुस लिँदालिँदै साेमबार कार्यालयबाटै पक्राउ गरेकाे हाे।