नेपालको उर्जा क्षेत्रमा लगानी गर्न उर्जामन्त्रीले गरे यस्तो आह्वान

काठमाण्डौ - उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्विपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरेका थिए ।…