सुर्खेत - कर्णालीको विकास र शान्तिसहित सुरक्षित प्रदेशको रणनीति तयार पार्न मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनैपनि हालतमा नागरिकलाई असुरक्षा हुन नदिने प्रतिबद्धता जनाएका थिए। तर, एकदिनपछि बुधबार नै प्रदेशका मन्त्रालयका कर्मचारीले आफ्नै कार्यकक्षमा असुरक्षित भएको बताएका छन्। कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयमा भने मन्त्री र सचिवबीच आन्तरिक द्वन्द्वका कारण सचिवले काम गर्नको…