हेटौंडा – हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ । तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो । जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल…