पशुपतिमा शिवरात्रिको रौनक (फोटोफिचर)

काठमाडौं - महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा बिहानैदेखि लाम लागेका छन्। बिहानै पुगेका भक्तजन पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरी फर्किएका छन्। बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन…