काठमााडौँ- पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका हुन् । भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकाे भन्दै उनले अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिए…