सिरहा– प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन्। दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउँका दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा…