काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ । यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना वा नागरिकताको प्रमाणपत्रमा रहेको…