कांग्रेस विशेष महाधिवेशन लम्बियो, भोलि नेतृत्व चयनको निर्णय हुने

काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्म लम्बिएको छ । बन्दसत्रमा २ महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आईतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको छ । मंगलबार नै नेतृत्व चयन समेत थालिने उनले बताए । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश…