काठमाडौं- नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई एक वर्षमा सम्पन्न गरी अगाडि बढ्दा पनि अबको ६ वर्षमा मात्र रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिनेछ । ठूला आयोजनाका लागि तयारीको काम गर्न लामो समय लाग्ने गरेको छ ।…