कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

प्रकाश सिलवाल गोरखा – “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी ?” भनेर सोध्दा पनि विद्यार्थीले उत्तर नदिएर…