काठमाडौँ- उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाल) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकि छिन् । उपसभामुख तुम्बाहाङ्फेले सोमबार संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराईन् । उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकि हुन् ।