काठमाडौं – अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलमा श्रीमतिको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा शनिवार राति श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतमको मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिए । टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए ।…