उपराष्ट्रपतिको निर्वाचन चैत ९ मा हुने

काठमाडौं - उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । उम्मेदवारी दर्ताको समय ३ गतेलाई तोकिएको छ । भोलि चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ…