काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा बिहिबार तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बुधबारको बैठकले तिमिल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा लगायतको उपस्थिति…