नेपाल चिकित्सक संघको अध्यक्षका लागि डा. लोचन कार्कीको उम्मेदारी

काठमाडौं - नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीले उम्मेदारी दिने भएका छन्। बिहीबार सम्पन्न प्रजातान्त्रिक समूहको बैठकले वर्तमान महासचिव डा कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो। संघको अध्यक्षका लागि प्रजातान्त्रिक समूहबाट डा. भूपेन्द्र कार्कीको समेत दाबेदारी परेको थियो। तर उनले चाहेको पद दिने गरी महासचिव कार्कीलाई अध्यक्षमा उठाउने निर्णय भएको…