बलात्कृत बालिकाको शव १० महिनादेखि अस्पतालमै

काठमाडौं - स्वयम्भूको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ वर्षीया सन्तोषी नेपाली भेटिइन् । उनलाई अरूका घरको धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्याइनभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल…