जनकपुरमा १०८ जोडीको विवाह एउटै मण्डपमा

जनकपुर – यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीको अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए । जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको…