बैतडीका स्कूलमा पहिलोपटक जोडियो सेनिटरी प्याड मेसिन

बैतडी – बैतडीमा पहिलोपटक सेनिटरी प्याड जडान गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–३ पङसेरामा रहेको महादेव माध्यमिक विद्यालयमा सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान गरिएको हो । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए । गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी रानाले सेनेटरी प्याड मेसिन जडान…