गुल्मी – गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित एक घरमा जुवा खेलिरहेका बेला प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिकाको वडा नम्बर ७, गलामस्थित लीलासिंह अधिकारीको घरबाट प्रहरीले उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो । उनीहरूका साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । उनीहरूलाई प्रचलित कानुनअनुसार…