पोखरा– १६औं आहारारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै पुलिसले ८ वर्षपछि आहारारा गोल्डकपको उपाधि जितेको हो। उपाधिसँगै पुलिसले जितसँगै पुलिसले ७ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता थ्रीस्टारले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ। निर्धारित ९० मिनेटमा…