सर्वाेच्चमा असोज २८ गतेदेखि रिट दर्ता खुल्दै, नयाँ सरकारको न्यायिक परीक्षण हुने

काठमाण्डु – भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण स्थगित रहेका सेवाहरू असोज २८ गते मंगलबारदेखि आंशिक रूपमा सञ्चालन हुने भएका छन् । आईतबार बसेको सर्वोच्च अदालतको पूर्णबैठकले अदालतको सेवा पुन: सञ्चालनका लागि निर्णय गर्दै प्रारम्भमा सीमित प्रकारका निवेदन दर्ता र सुनुवाइ गर्ने व्यवस्था मिलाएको छ । निर्णयअनुसार हालसम्म बन्दीप्रत्यक्षीकरण…