भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ ५ लाख धरौटीमा रिहा

काठमाण्डु – पोखरास्थित लिची बगैँचा क्षेत्रको जग्गा सम्बन्धी घुस प्रकरणका आरोपी रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । आईतबार अदालतमा उपस्थित भएपछि न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते श्रेष्ठसहित…