काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा लगाउने तयारी भएको छ । काठमाण्डु उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने तयारी गरेका हुन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काठमाण्डु र ललितपुरका सिडिओहरुसँग निषेधाज्ञा लगाउने विषयमा छलफल जारी रहेको जानकारी दिइन् । उनले कोरोना संक्रमणदर उच्च दरमा…