काठमाडौँ—निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको मुद्दाको फैसला फास्ट ट्रयाक अर्थात् छिटोछरितो विधिबाट हुने भएको छ। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिसकेको छ। जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश…