काठमाडौं – गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रवक्ता सुवेदीलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा एक साताअघि बसेको सचिव वढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि सुवेदीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईलाई सिफारिस…