रामेछाप – सरकारले नमूना विद्यालय बनाउनका लागि छनोटमा पारेको रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविलाई नमूना विद्यालय बनाउन भूतपूर्व विद्यार्थीले सक्रियता देखाएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले समेत अध्ययन गरेको विद्यालयमा पूर्व विद्यार्थीहरुले नमूना विद्यालय बनाउन भन्दै भूतपूर्व विद्यार्थी समाज गठन गर्न लागेका हुन् । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारलगायतका…