काठमाडाैँ—वैदेशिक राेजगारीकाे सिलसिलामा ओमनमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाली राजदूतावास, मस्कटले एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरेकाे छ। विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने उद्देश्यले लुलु कम्पनीमा कार्यक्रम गरिएकाे दुतावासले जनाएकाे…