हत्या आरोपमा पक्राउ परेका सांसद अझै पाँच दिन थुनामा बस्ने

रौतहट – बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो । आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको…