नेपालमा कति छ बाघ धान्न सक्ने क्षमता ?

काठमाण्डु - पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ। सन् २०१० मा रूसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउन थालिएको हो। उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो। नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको…