डेङ्गुका बिरामी बढेसँगै चितवनमा रगतको अभाव

चितवन - डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उनले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिए ।…