दोलखा– दोलखामा खोलाले कार बगाउदा एक जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउंदा एक जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी गाउंपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेल हुन् । घाईते विकज पोखरेल पवन पौडेलको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।…