साफ यू–१५ फुटबलको उपाधि बंगलादेशलार्इ

काठमाडौं– बंगलादेशले चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि हात पारेकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पाखा लगाउँदै बंगलादेशले उपाधिमाथि कब्जा जमाएकाे हाे। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक-एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकाे थियाे। खेलको २७ औँ मिनेटमा…