काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिक रुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसंगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् । देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ ।…