अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अधिकांश प्रहरी कर्मचारी

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार १ सय ८० जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिए । गत बिहिबार एक प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि प्रमुख…