काठमाडौं— खानेपानी मन्त्री बिना मगरले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेकी छन्। केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएको सन्दर्भमा कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन्। मन्त्री मगरको नेतृत्वमा खानेपानी सचिव माधव बेल्बासे पनि निरीक्षणमा…