काठमाडौं– दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा ल्याएको छ। स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउने भएको हो। तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए। स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने दाबी गरेको…