नायिका नीता ढुंगाना अहिले अमेरिकामा छिन् । केही समयअघि आफै फिल्म निर्माणमा समेत हात हाल्ने उद्घोष यी सुन्दरी नायिकाले गरिसकेकी छिन् । तर, अमेरिका भ्रमणमै रहेका बेला एक अनलाइनमा उनको समाचार आयो—चलचित्र पाउन छाडेपछि नीता अमेरिका पलायन, फर्कने सम्भावना न्युन । उक्त समाचारमा नीता फिल्म पाउन छाडेपछि अमेरिका उडेको र उत्तै हराउने कुरा उल्लेख थियो…