चार वर्षपछि बल्ल ए डिभिजन लिग, थ्री स्टारले पाउने भयो क्षतिपूर्ति

काठमाडाैं–नेपालमा चार वर्षपछि बल्ल ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठकले ए डिभिजन लिग मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको हो। नेपालमा ए डिभिजन लिग २०७० मा भएपनि त्यसयता हुन सकेको थिएन।एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने प्रारम्भिक निर्णय गरेको…