काठमाडौं–आसन्न निर्वाचनका लागि पार्टीले टिकट वितरणमा विभेद गरेको भन्दै राष्ट्रिय जनत पार्टी नेपालका केन्द्रीय नेताहरु नै धर्नामा बसेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोटमा विभेद भएको तथा पारदर्शी नभएको भन्दै राजपाका महासचिव केशव झासहित १४ जना केन्द्रीय तहका नेताहरू बुधबारबाट धर्नामा बसेका हुन्। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना…