काठमाडौं–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह(इपिजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन्। समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनीहरुले समुहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराए। बैठकमा…