धनगढी– कैलाली प्रशासनले तिहारमा खेलिने देउसीभैलोलाई मर्यादित बनाउन अपील गरेको छ। देउसीभैंलोको नाममा रकम तोकेरै लिने गरेको दृष्टान्त समेत रहेका बेला कैलाली प्रशासनले सूचना जारी गर्दै मर्यादित र सभ्य रुपमा प्रस्तुत हुन भनेको हो। यस वर्षको तिहार आगामी कात्तिक ४ गते रहेको छ। प्रशासनले देउसीभैंलो राति १० बजेसम्म मात्र खेल्न आग्रह गरेको…