घुस्याहा भूमिसुधार अधिकारी रंगेहाते अख्तियारको फन्दामा

सप्तरी– भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेल घुससहित पक्राउ परेका छन्।   अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार अधिकारी पोखरेललाई बिहीबार एक लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारको टोलीले पोखरलेलाई राजविराज–३ स्थित उनकै कार्यालयबाट नियन्त्रणमा लिएको हो।     मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग एक लाख लिइरहेको अवस्थामा उनलाई पक्राउ…