परराष्ट्रमन्त्री महराले संयुक्त राष्ट्रसङ्घको महासभामा गरे उच्चस्तरीय भेटवार्ता

न्युयोर्क – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसङ्घको ७२औं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दीगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।     महासभाको उद्घाटनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो…