काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आइतबार काठमाडाैंमा आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन…