काठमाडौं - लगातार वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । अन्य २२ जना बेपत्ता भएका छन् भने २९ जना घाइते भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार बिहान उपलब्ध गराएको तथ्यांकअुनसार मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा…