कर्णालीका चार जना चिकित्सकलाई कोरोना संक्रमण, अस्पताल बन्द

काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ । अस्पताल निर्देशक मंगल रावलले सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए । ‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक…