काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा घेराबन्दीमा परेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आएको आरोप लगाए। संख्याको दम्भ देखाउँदै केही नेताहरूले हामी दुई महामन्त्रीहरूविरुद्ध प्रहार गरिरहेको र सबै मिलेर कर्नर गर्ने प्रयास भइरहेको…