काठमाडाैं–कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा एक सशस्त्र प्रहरी जवानको हत्या भएको छ। सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्या भएको कञ्चनपुरका प्रहरी प्रवक्ता भीम दाहालले काठमाडौंपाटीलाई जानकारी दिए। भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर स्थित नहर छेउमा टाँउको थिचिएको…