कटकुवा जंगलमा २३ गाई मृत भेटिए

सुर्खेत - बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन्। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जंगलमा २३ गाई मृत भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु शुक्रबार बिहान करीब साढे तीन बजेतिर कटकुवा जंगलमा छाडिएको बताए। नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ। जंगलमा…